दफा
पत्रपत्रिकाको स्वामित्व हस्तान्तरण
(१) दफा ७ बमोजिम दर्ता भएको पत्रपत्रिकाको प्रकाशनको
स्वामित्व कानुनबमोजिम हस्तान्तरण भई कसैले प्राप्त गरेमा सो प्राप्त गर्ने व्यक्तिले सात दिनभित्र
त्यसको जानकारी तोकिएको ढाँचामा स्थानीय अधिकारीलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको जानकारी प्राप्त भएपछि स्थानीय अधिकारीले तत्सम्बन्धी
विवरण दर्ता किताबमा जनाई त्यसरी पत्रपत्रिकाको स्वामित्व हस्तान्तरण भएको जानकारी पे्रस
रजिष्ट्रारलाई दिनु पर्नेछ ।